Logo
Logo

भारतको कानपुरलाई टी–२० को उपाधि


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, २० चैत । तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ ।
जनकपुरधामको बाह्रबिघाको खेलमैदानमा मंगलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले जनकपुरधाम क्रिक्रेट क्लबलाई ७ विकेटले हराएर सो उपाधि जितेको हो ।
जनकपुरधाम क्रिकेट क्लबले टस जिती निर्धारित २० ओभरमा ११३ रनको लक्ष्य दिएकामा कानपुर क्रिक्रेट क्लबले १८औँ ओभरमा सो लक्ष्य पूरा गरेको थियो । मधेश आन्दोलनका शहीदको स्मृतिमा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ११ हजार र दोस्रो हुने टिमले रु एक लाख पाँच हजार प्राप्त गरेका छन् ।
नेपालको जनकपुरधाम, वीरगञ्ज, भैरहवा, विराटनगर र कलैया तथा भारतको कानपुर, दरभङ्गा, पटना र मुझफरपुर टिमको सहभागिता रहेको सो प्रतियोगितामा युनाइटेड क्रिक्रेट क्लबका शेफ अलीलाई उत्कृष्ट ब्याट्समेन र भारतका सोने क्रिकेट क्रिकेट क्लबका शिवमु दीक्षितलाई उत्कृष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो ।

विजयी टिम र खेलाडीलाई पूर्वमन्त्री राजेन्द्र महतो, प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पुरस्कार र शिल्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्