Logo
Logo

चितवनको शिवशक्ति खाद्य उद्योगविरुद्ध मुद्दा दायर


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा चितवन रत्ननगर-८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले नौ करोड २७ लाख ३७ हजार रुपैयाँ विगो कायम गरी बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

उक्त उद्योगका सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरिद तथा बिक्री नदेखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ। 

मुद्दामा प्रतिवादीहरुबाट मूल्य अभिवृद्धि करतर्फ छ करोड ८६ लाख सात हजार र आयकरतर्फ दुई करोड ४२ लाख ३० हजार रुपैयाँसमेत कूल नाै करोड २७ लाख ३७ हजार रुपैयाँ विगो असुली, जरिवाना र कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्