Logo
Logo

पोखराको होटलमा कोठी सञ्चालन, दुई जना पक्राउ


दृष्टि संवाददाता

29.4k
Shares


पोखरा । वेश्यावृत्ति धन्दा चलाएको आरोपमा पोखरामा होटलका सञ्चालक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १० रामबजार स्थित एक होटलका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।


राम्रो काममा लगाईदिन्छु भनि बोलाई सुरुमा राम्रै बोलि व्यवहार गर्नुका साथै खाजा नास्ता बितरणको काममा लगाएकोमा एक दुई दिन पछिनै खाजा घरमा आउने व्यक्तिहरुसंग खाजाघर संचालकले पैसा लिई डरधाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाई यौन शोषण गराएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । महिलालाई प्रहरीले मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्