Logo
Logo

देउवालाई चुनौती दिन कांग्रेस जिल्ला सभापतिहरुको भेला


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० चैत ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिन बुधबारदेखि कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । हेटौंडा भेलाको म्यान्डेटलाई लत्याएको भन्दै असन्तुष्टहरुले भेला आयोजना गरेका छन् ।

g]kfnL sfFu|]; tgx’Fn] cfOtaf/ bdf}nLdf cfof]hgf u/]sf] sfo{stf{ e]63f6nfO{ ;Daf]wg ub}{ ;efklt z]/axfb’/ b]pjf . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx’F_, u08sL k|b]z÷/f;;


देउवा पक्षका जिल्ला सभापतिहरू कांग्रेस विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान प्रति समर्थन जनाएका छन्। तर सोही प्रावधानको विरोधमा संस्थापन इतर समूहका जिल्ला सभापतिले भेला आयोजना गरेका छन् । जसप्रति सभापति शेर बहादुर देउवा पक्षका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।

महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले बहुमतको आधारमा विधान पारित गरिएको भन्दै बहुमत जिल्ला सभापतिले आपत्ति जनाएका हुन् । संस्थापन इतर समूहका जिल्ला सभापतिले केन्द्रीय समितिको निर्णयविरुद्ध बुधबार र बिहीबार भेला बोलाएका छन्। उक्त भेला विधान विपरीत भएको भन्दै संस्थापन समूहका जिल्ला सभापति उपस्थित नहुने जनाएका छन ।
जिल्ला सभापतिहरुको ककनी भेलाका सुझावका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले बोलाएको भेलालाई अवैधानिक भन्दै सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु भने सहभागी नहुने भएका छन्। देउवा पक्षीय मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने, ’सभापतिलाई तेजोवध गर्न भेला बोलाइएको छ। विधान विपरीतको भेलाको औचित्य छैन।’

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए। साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।

पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए।

जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए। देउवा पक्ष जिल्ला सभापतिहरु महासमिति बैठकले प्रस्तावलाई अनुमोदन नगरेको बताउँछन्।

जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता जनाएका थिए।

महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेको थियो। पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति राखेका थिए।

देउवा निकट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने, ’विधान विपरीत बोलाइएको सभापतिको भेलाको औचित्य छैन। पार्टीलाई कमजोर गर्ने गरी भेला बोलाइएको छ।’

केन्द्रले असारको पहिलो साता औपचारिक रूपमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मलेन गरेको थियो। देउवा विरोधी खेमाका जिल्ला सभापतिहरूको भेला यसअघि ककनीमा पनि बोलाइएको थियो।

ककनी र महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएको भन्दै इतर समूहका जिल्ला सभापतिहरू असन्तुष्ट बन्दै आएका छन्। बानियाँले भने, ’जिल्ला सभापतिको भेला जरुरी नै छैन। आन्तरिक लबिका कारण तागत देखाउन खोज्नेहरूको भेला हो।’

संस्थापन इतर समुहले भेलामा ४ दर्जन बढी जिल्ला सभापति भेला हुने दाबी गरेको छ। गत महिना ५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णय नसच्चिए विशेष महाधिवेशनको माग गरेका थिए।

पार्टी केन्द्रमा देखिएको विभाजन जिल्ला सभापतिहरूमा स्पष्ट देखिएको छ। इतर समूहले जिल्ला सभापतिहरूको स्पष्ट बहुमत आफूसँग रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्