Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न विद्यार्थी संगठनको माग


दृष्टि संवाददाता


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । बिहीबार नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै उनीहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेका छन् ।

नेपाल आयल निगमले गत मंगलबारमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो केही महिना यता मात्र निगमले पटक पटक पेट्रोलियमको मूल्य बृद्धि गर्दै आएको छ । पछिल्लो पटक प्रतिलिटर २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल÷मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्