Logo
Logo

ठमेलबाट पाँच चिनियाँ पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । प्रहरीले ठमेलमा बस्दै आएका पाँच चिनियाँलाई पक्राउ गरेको छ । जुवा खेलेको आरोपमा एक महिलासहित पाँच जना बुधबार बेलुका पक्राउ परेका हुन् ।


जेपी रोडस्थित चिनियाँ होटलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जुवा खेल्न प्रयोग हुने विभिन्न गोटी समेत बरामद भएको छ ।
दुई दिनअघि पनि जुवा र वन्यजन्तुसम्बन्धि अपराधमा चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्