Logo
Logo

थप १ हजार ८७५ जनामा काेराेना पुष्टि, २९काे मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हाे।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । सोही अवधिमा १ हजार २८६ जना संक्रमण मुक्त भएका छन् । 


यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्