Logo
Logo

युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ खुल्याे


दृष्टि संवाददाता


काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १ दशमलव ४२ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको आईपीओको १.४२ गुणा धेरै हो।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्