Logo
Logo

लकडाउनमा पास बनाउन घुस लिएको अभियोगमा पक्राउ परेका नासुलाई सफाइ


दृष्टि संवाददाता

3.5k
Shares


काठमाडौं । गत वर्षको लकडाउनमा उपत्यका बाहिर जान सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । बिशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधबार सफाइ दिएको हो ।


गत वर्ष असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । लकडाउनमा काठमाडौं बाहिर जाने सवारी पास बनाउन सेवाग्राहीसँग तीन हजार रुपैयाँ घुस लेनदेन भएको थियो । सुरुमा घुससहित सहित सापकोटा पक्राउ परेकोमा उनको बयानका आधारमा नासु रायमाझीको समेत त्यसमा मिलेमतो रहेको खुलेपछि दुवैविरुद्ध मुद्दा दायर भएको थियो । बिशेष अदालतका न्यायाधीहरु बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलाशले उनीहरुलाई सफाईको फैसला गरेको हो ।


सोही इलजासले बर्दियाका सहायक वन अधिकृत आनन्द प्रसाद साहलाई पनि सफाई दिएको छ । २०७६ को पुसमा साहलाई आयोगले १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । काठको लगत तयार पािरदिएवापत उनले घुस लिएक थिए ।

प्रतिक्रिया दिनुहोस्