Logo
Logo

बाढीपहिराेबाट हालसम्म ५१ जनाको मृत्यु, २९ बेपत्ता


दृष्टि संवाददाता

756
Shares

काठमाडाैं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा पाँच, डोटीमा पाँच, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन–तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा तीन–तीन, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रेपलाञ्चोक, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका प्रहरीले जनाएकाे छ ।

पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १–१ जना गरी जम्मा ७ जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् ।

तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, तीन बालक र एक बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वत र तनहुँमा दुई तथा बाजुरा र बाग्लुङमा एक-एक जनाछन् । वेपत्ताको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्