Logo
Logo

प्रहरीलाई पाँच सय घुस दिनेलाई मुद्दा


दृष्टि संवाददाता

2.7k
Shares


पोखरा । प्रहरीलाई घुस दिने खोज्ने सहचालक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन स्थित बरको बोट चेकप्वाईन्टमा सवारी साधन चेकजाँच गर्नेक्रममा पोखराबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख २९३ नम्बरको बसको सहचालक स्याङजा फेदिखोला गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३५ को मुक्तिराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।


चेकिङका क्रममा हामी मिलौं भन्दै उनले घुस दिएका थिए । पाँच सयसहित उनलाई पक्राउ गरेर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्