Logo
Logo

अविरल वर्षाले बालीमा डेढ करोड क्षति


दृष्टि संवाददाता


मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो ।

निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पु¥याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए । गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पु¥याएको उनले जाकारी दिए ।

नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्