Logo
Logo

डिआइजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


दृष्टि संवाददाता

39.3k
Shares


काठमाडौं । नेपाल प्रहरीका डिआइजी सहकुल बहादुर थापा एआइजीमा बढुवा भएका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो ।


१० दिनअघि उनको बढुवा सिफारिस भएको थियो । गत मन्त्रालयले बुधबार यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । सरकारले एआइजीको दरबन्दी थपेर उनको बढुवा गरेको हो । जसअनुसार थापा आगामी बैशाखमा महानिरीक्षक बढुवाको प्रतिस्पर्धामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्