Logo
Logo

गाई काटेको आरोपमा तीनजना पक्राउ


दृष्टि संवाददाता


चितवन ।चितवनमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ की उर्मिला परियार सोही ठाउंँका सविन परियार र सुवास परियार रहेका छन् । 

बुधबार अपराह्न करिब साढे ४ बजेतिर कालिका नगरपालिका वडा नम्बर १ सुन्दरवस्तीस्थित महेन्द्र सुवेदीको केराबारी नजिकैको खाली ठाउँमा गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्