Logo
Logo

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट


दृष्टि संवाददाता


नुवाकाेट ।  कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ नुवाकोटमा पनि फेला परेको छ ।

त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरार्ष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको हाे ।

अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्