Logo
Logo

पेस्तोल बोकेर हिडेका युवक बानेश्वरमा पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । बानेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३१ कत्यानी चोक नजिकैबाट सिरहाका जय प्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।


महानगरीय प्रहरी कार्यालय कार्यालय रानिपोखरी र वानेश्वर वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो । मेड इन युएसए लेखिएको पेस्तोलसहित उनलाई पक्राउ गरिएको एसपी रमेश बस्नेतले बताए । गम्छा र रुमालले बेरेर प्लाष्टिकको झोलामा पेस्तोल बोकेर हिडेको अवस्थामा उनी पक्राउ परेका हुन् । बिक्रि गर्ने उदेश्यले उनले सो पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्