Logo
Logo

ज्यान मुद्दामा फरार अपराधी १८ वर्षपछि समातिए


दृष्टि संवाददाता



तनहुँ । ज्यान मुद्दामा १८ वर्षदेखि फरार रहेका एक अपराधी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–१ का पपेन्द्र रानालाई पक्राउ गरेको हो ।


ज्यान मार्ने उद्योग मुद्दामा उनलाई अदालतले ८ वर्ष कैद र ५२ हजार जरिवानाको सजाय सुनाएको थियो । १३ असार २०६० देखि उनी फरार थिए । १८ वर्षपछि पक्राउ गरी अदालतमा पेश गरिएको तनहुँका एसपी दिनेशराज मैनालीले बताए ।


त्यस्तै, लागू औषध मुद्दामा फरार सुशील पोखरेल, कृष्णबहादुर धिमाल, सन्तोष कार्की र लक्ष्मण दनुवारलाई समेत पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको छ । उनीहरु सबैलाई अदालतले दोषी ठहर गरिसकेको छ । अदालतका फैसला कार्यान्वायन गरी कानुनी राजको अनुभुती गराउन फरार अपराधी पक्राउको अभियान चलाइएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्