Logo
Logo

६ डिएसपीको काज सरुवा, पर्वतमा अर्याल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ चैत ।

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीको प्रमुखमा डीएसपी सन्तोष आचार्यलाई पठाईएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्