Logo
Logo

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

सर्वोच्च अदातले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बदलिएको राजनीतिक परिदृश्यबारे छलफल गर्नेछ ।

माओवादी केन्द्रका सबै सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । माओवादी केन्द्र देउवा नेतृत्वको सरकारमा पनि सहभागी हुने भएको छ ।

देउवाले आफ्नो सपथका बेला सानो आकारको मन्त्रिमण्डल पनि बनाउने भएका छन् । उक्त मन्त्रिमण्डलमा को-को सहभागी हुने भन्ने निर्णय पनि माओवादीले गरिसकेको छैन ।

भुसालका अनुसार बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्