Logo
Logo

एमाले वार्ता टोली कोटेश्वरमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु कोटेश्वर पुगेका छन् । बरिष्ठ नेता माधवकुमार नेपाललाई १० बुँदे सहमति बुझाउन उनीहरु कोटेश्वर पुगेका हुन् ।

नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।

कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।

यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।

आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । माधव पक्षका नेताहरु बैठकमा सहभागिताका बारेमा छलफल गरिरहेका छन् ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्