Logo
Logo

बालकोटस्थित ओली निवासमा सुरक्षा बढाइयो


दृष्टि संवाददाता



काठमाडौं । आफ्नै दम्भ र घमण्डबाट दुई तिहाई हुँदै बर्हिगमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ४१ महिनापछि सत्ताबाट बर्हिगमन हुँदैछ । आज दिउँसो २ बजे सम्बोधन गरेर उनले बालुवाटार छाड्नेछन् ।


ओली बालकोटस्थित आफ्नै निवासमा सर्दैछन् । ओली सर्ने भएपछि बालकोट निवासमा सुरक्षाकर्मी थपिएको छ । साथै आसपासमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोत बताउँछ ।
ओली प्रधानमन्त्री बनेपछि सो घरमा करिब दुई वर्ष गोकुल बाँस्कोटा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्