Logo
Logo

गृहमा जनार्दन, परराष्ट्रमा उपेन्द्र ?


दृष्टि संवाददाता



काठमाडौं । सर्वाैच्च अदालतको आदेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दैछन् । आज ५ बजेभित्र उनलाई नियुक्त गर्न सर्वाेच्चले आदेश दिएको छ ।


देउवाले नै गठबन्धनसहितको मन्त्रिमण्डल गठन गर्दैछन् । मन्त्रीको नाम तय गर्न सबै पार्टी छलफलमा बसेका छन् ।
स्रोतका अनुसार माओवादी केन्द्रले गृह मन्त्रालयमा दाबी गरेको छ । गृह पाए जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा जानेछ । तर, यही सरकारले मध्यावधि निर्वाचन गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले कांग्रेस नेताहरुले गृह र अर्थ मन्त्रालय छाड्न नहुने देउवालाई दबाब दिएका छन् । त्यो अवस्थामा माओवादी केन्द्रले परराष्ट्र मन्त्रालय पाउनेछ ।


माओवादीले गृह पाएमा भने उपेन्द्र यादबले परराष्ट्र पाउनेछन् । मन्त्री छान्न माओवादी, जसपाको बैठक बसिरहेको छ ।


अर्थमन्त्रीका लागि कांग्रेसभित्रै संघर्ष छ । ज्ञानेन्द्र कार्की र डा मिनेन्द्र रिजाल अर्थमन्त्री बन्ने दौडमा छन् । साथै पछिल्लो समय सक्रियताका साथ राजनीतिमा लागेका विनोद चौधरी समेत मन्त्री बन्ने लबिङमा छन् ।

प्रतिक्रिया दिनुहोस्