Logo
Logo

सत्ताबाट पार्टी हटेलगत्तै एमालेले ब्युँतायो युथ फोर्स


दृष्टि संवाददाता



काठमाडौं । नेकपा(एमाले)ले युथ फोर्सलाई ब्यँुताएको छ । सरकारबाट पार्टी हटेकै दिन युथ फोर्सलाई ब्युँताउने निर्णय भएको हो ।


युवा संघको मंगलबारको बैठकले युथ फोर्स ब्युँताउँदै यसको संयोजकमा क्षितिज थेवेलाई तोकेको छ । ताप्लेजुङ गर भएका थेवे युवा संघका उपाध्याक्ष हुन् ।
यसअघि माओवादीको वाइसिएललाई काउन्टर दिन एमालेले महेश बस्नेतको नेतृत्वमा युथ फोर्स बनाएको थियो । जून संरचना पछि खारेज भएको थियो । पार्टीकै निर्देशनअनुसार युथ फोर्स ब्युँताइएको युवा संघका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्