Logo
Logo

सिआइबीमा मुद्दा मिलाउने भन्दै हवल्दारद्वारा चार लाख घुस असुली


दृष्टि संवाददाता



काठमाडौं । एक प्रहरी हवल्दारले सिआइबीको मुद्दा मिलाउने भन्दै चार लाख रुपैयाँ घुस लिएका छन् । घुस लिने र घुस दिन मध्यस्तता गर्ने सुन व्यवसायी दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोमा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार बाबुराम घिमिरेले तीन लाख ९२ हजार पाँच सय घुस लिएका थिए ।


प्रहरी हवल्दार बाबुराम घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुस/रिसवतवापत रकम माग गरी रु.३,९९,५००।– लिएको पुष्टि हुन आएकोले निज घिमिरेको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजलाई बिगो रु.३,९९,५००।–(तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजाय मागदाबी लिने र प्रतिवादी राजकुमार स्वर्णकारको हकमा निजले प्रहरी हवल्दार बाबुराम घिमिरेसँग मिली सेवाग्राहीबाट रु.३,९९,५००।– घुसवापत लिएको हुँदा निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएकोले निज राजकुमार स्वर्णकारलाई बिगो रु.३,९९,५००।– (तीन लाख उनान्सय हजार पाँच सय रुपैयाँ) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (२) को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदाफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्