Logo
Logo

मुख्य न्यायाधीशका पिएसओद्वारा महिलाको हत्या


दृष्टि संवाददाता



इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत महिलाको प्रहरीबाटै हत्या भएको खुलेको छ । मुख्य न्यायाधीशका पिएसओका रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक युवराज बानियाँले कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


अदालतमा कार्यरत कार्यालय सहयोगी पराजुलीको हत्या गरी मुख्य न्यायाधीशकै क्वार्टरनजिक फालेको प्रहरीसँग बानियाँले स्वीकारेका छन् ।
मुख्य न्यायाधीसको क्वाटरमा बानियाँले पराजुलीको हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।
आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राति आएर शव बाहिर फ्याँकेका थिए । धनकुटा होली खर्क– ५ घर भएका बानियाँ दुई वर्षदेखि मुख्य न्यायाधीसको सुरक्षा गार्डका रुपमा खटिएका थिए ।
प्रसनि बानियाँ र मृतक पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए ।
मुख्य न्यायाधीश बिदामा रहेकोले क्वाटरको तालाचाबी बानियाँसँगै थियो । पराजुलीले बलात्कारको मुद्दा लगाउने चेतावनी दिएपछि बानियाँले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्