Logo
Logo

ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकको निर्णयः तीन सचिवको बढुवा र पदस्थापन


दृष्टि संवाददाता



काठमाडौं ।
केपी शर्मा ओली सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले केही सचिवको बढुवा र पदस्थापन गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।


प्रशासन तर्फ यस अघि बढुवा भएका कृष्णहरी पुष्कर र सोमबार बढुवा भएका खगेन्द्रप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त तर्फ पदस्थापन गरिएको छ । प्राविधिक तर्फ सोमबार नै बढुवा भएका राजेन्द्रप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल ट्रष्ट कार्यालय रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्