Logo
Logo

सिंहदरबारबाट विदा भए विष्णु पौडेल


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा(छुट्टै विदाइ कार्यक्रममा सहभागी भए । जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको उनले बताए ।

पौडेलले आफूलाई जस्तै नयाँ आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

यस्तै सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङको पनि बिदाइ गरिएको छ । भौतिक मन्त्री नेम्वाङले आफूले चाहेजस्तै गरी कर्मचारीहरूको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सकेको बताए ।

कर्मचारीहरूकै साथका कारण आफूले मन्त्रालयको साख गिर्न नदिएको उनले बताए । उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्