Logo
Logo

गृहमन्त्रीद्वारा पदभार, प्रहरी बढुवा प्रक्रिया अघि बढाउलान् ?


दृष्टि संवाददाता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
गृहमन्त्री भएलगत्तै प्रहरीको प्रशासनिक कामको दबाब छ । प्रहरीका बढुवा असारभित्र नभए कात्तिकमा मात्र हुने प्रावधान छ ।

यस्तो अवस्थामा दुई दिनको अवधिमा उनले बढुवाको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने चासो छ । यसबारे उनलाई गृहसचिव महेश्वर न्यौपानेले ब्रिफिङ गरिसकेको स्रोत बताउँछ ।
नेपाल प्रहरीमा डिआइजीका दुई पद रिक्त छन् । सशस्त्र प्रहरीमा एसएसपी बढुवाको प्रक्रिया सुरु भइसकेको छ । बिहीबारभित्र बढुवा सिफारिस नभएमा चार महिनापछि मात्र प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्