Logo
Logo

प्रचण्ड र विप्लवबीच वर्षाैपछि भेटवार्ता


दृष्टि संवाददाता



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।


दुई नेताबीच वर्षाैपछि भेटवार्ता भएको हो । विप्लव खुला राजनीतिमा आएयता दुई नेताबीचको यो पहिलो भेट हो । प्रचण्डले विगतमा फुटेकाहरुलाई मिलाएर अघि लैजाने पहल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्