Logo
Logo

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको मूल्य कति ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी घटाएको छ ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १११ रुपैयाँ कायम भएको छ ।

मूल्यवृद्धिको विरोधमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आन्दोलन गरेका थिए । निगमले आन्दोलनरत पाँच विद्यार्थी संगठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णय पश्चात सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिने विश्वास पनि लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्