Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए ।

उनको अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए ।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्