Logo
Logo

सशस्त्र प्रहरीद्धारा एक भारतीय नागरिक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको बताए ।

पटेललाई विराटनगर महानगरपालिका स्थित भत्केको वालनजिकबाट पटेललाई राति १०ः२८ बजेतिर पक्राउ गरिएको ठाकुरले बताए । शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको प्रहरीको भनाई छ ।

सशस्त्र प्रहरीले पटेललाई आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागूऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्