Logo
Logo

माधव नेपालसँग विप्लवको भेट


दृष्टि संवाददाता


काठमाडौं । सरकार परिवर्तनलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरुसंग भेटवार्ता गरिरहेका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटेका विप्लवले एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

कोटेश्वरस्थित नेपाल निवासमै पुगेर आज (विहिबार) विप्लव र नेता धर्मेन्द्र बॅास्तोलाले नेपालसँग भेट गरेका हुन् । विप्लवको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रचण्डसँग पनि छलफल
कोटेश्वरमा विप्लवले प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । माधव-विप्लव भेटका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित भएको उनको सचिवालयले जनाएको छ ।

महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए । विप्लवको सचिवालयका अनुसार प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्