Logo
Logo

पाकिस्तानका पूर्व राष्ट्रपति मम्नुन हुसेनको निधन


दृष्टि संवाददाता


एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गतवर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्