Logo
Logo

बाबुरामसँग विप्लवको भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले पछिल्लो समय राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।

यसबीच जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग उनले आज भेटवार्ता गरेका छन् । शुक्रबार विहान धर्मेन्द्र बास्तोलालाई लिएर भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् ।

विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्