Logo
Logo

ललितपुरमा ट्रकले भ्यानलाई किच्दा दुई जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ चैत ।
ललितपुरको सानेपा नजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको हो ।


घाइते हुनेमा डोल्माकी छोरी १७ वर्षीया स्मृतिको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

ना१घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भइ बा७च २१३१ नम्बरको भ्यानलाई थिचेको थियो। जनक शिक्षा सामाग्रीको उक्त ट्रक कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बोकेर सुर्खेतको लागि निस्केको थियो। प्रहरीका अनुसार भ्यानमा रहेका २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्