Logo
Logo

बीपी प्रतिष्ठानमा आन्दोलनरतको माग सम्बोधन गर्न कार्यदल गठन


दृष्टि संवाददाता


धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको माग सम्बोधन गर्न कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले सचिव डा वैकुण्ठ अर्यालको संयोजकत्त्वमा ८ सदस्यीय कार्यदल तथा जाँचबुझ समिति गठन गरेको हो ।

प्रतिष्ठान शुद्धिकरण अभियानअन्तर्गत संयक्त संघर्ष समितिले सरकारलाई गत बुधबार ४८ घण्टे अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमपछि प्रधानमन्त्री कार्यालयका मन्त्रीपरिषद्, संवैधानिक निकाय र आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव अर्यालको संयोजकत्त्वमा कार्यदल गठन गरेको हो ।

प्रतिष्ठानका आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले भने प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आउने उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रार जस्ता पदाधिकारीले व्यापक आर्थिक अनियमितता गर्दै आएको बताउँदै आएका छन् । प

प्रतिक्रिया दिनुहोस्