Logo
Logo

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज हुँदै


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने जानकारी दिए ।

माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाई छ । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो । नेपाली कांग्रेस पनि प्रदेश २ सरकारमा यसअघि नै सहभागी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्