Logo
Logo

टेलिकमका १८ कर्मचारी अख्तियारको छानबिनमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न १८ जना कर्मचारीमाथि छानबिन थालेको छ । अकुत सम्पति कमाएको आशंकामा उनीहरुमाथि छानबिन सुरु भएको हो । आयोगले ७ दिन भित्र आयोगकोे कार्यालयमा उपसिथत हुन सार्वजनिक शुक्रबार सूचना प्रकाशित गरेको छ ।

नेपाद दूरसञ्चार तालिम केन्द्र बबरमहलमा तालिममा सहभागी हुन आउँदा जाँदा प्रयोग गरेको हवाई टिकटका सम्बन्धमा केही बुझ्नु पर्ने भएकाले पटक पटक आग्रह गर्दा समेत उपस्थित नभएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ । स्रोतका अनुसार उनीहरुले तालिममा सहभागी हुँदा प्लेन चढेको नक्कली बिल पेश गरेका थिए ।

यसरी सूचना प्रकाशित गरी आयोगमा उपस्थित हुन भनिएका कर्मचारीमा वासुदेव खतिवडा, गोपालप्रसाद आचार्य, जनककुमार अमात्य, केशवप्रसाद दाहाल, विनोदकुमार अधिकारी, कुण्डन पौडेल, लिलाधर भट्ट, प्रजयसिंह सिलवाल, राजेन्द्रकुमार कर्ण, सम्पूर्ण भट्टचन, सुकइप्रसाद धोबी, लालाबहादुर रावल, ज्ञानेन्द्र तिमिल्सिना, प्रकाश गुप्ता, दिनेश थापा, घनश्याम पाठक, सूर्यनारायण चौधरी र लभकुमार दत्त रहेका छन् । कार्यालयमा पत्राचार गर्दा नआएपछि उनीविरुद्ध सार्वजनिक सूचना जारी गरिएको हो ।

पटक पटक सम्पर्क गर्दा समेत अटेर गरेका कारण उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ अनुसार उपस्थितीका लागि सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्