Logo
Logo

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपाली बजारमा


दृष्टि संवाददाता



काठमाडौ । चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामाग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध हुन थालेको छ ।सुरक्षा प्रविधी लगायतका गुणस्तरिय सामाग्रि विक्रि गर्दै आएको बार कोड नेपाल इंक प्रालीले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक विक्रि गर्न थालेको हो।


बारकोड नेपालले अर्बिटाको होटलहरुमा आबस्यक पर्ने होटल लक, मिनी फ्रिजर, मिनी लकर, इनर्जी सेभिङ्ग स्विच लगायतका सामानहरुको विक्री वितरण गरिरहेको छ। चीनको ठुलो उत्पादक अर्बिटाको उत्पादन प्रसिद्ध होटलहरु मेरियट, हिल्टन, हायात, र्याडिसन, वारविक लगायतमा प्रयोग भइरहेको छ। हाल बिश्वभर करिब २० हजार स्तरिय होटलमा अर्बिटाको उत्पादनहरु प्रयोग हुने गरेका छन्।


नेपालको बजारमा केहि बर्षदेखी अर्बिटाका सामान उपलब्ध भए पनि आधिकारिक विक्रेता नहुँदा कम्पनिबाट प्राप्त हुने वारेन्टी, मर्मत, छुट लगायतका सुविधाबाट ग्राहक वन्चित हुने गरेका थिए। बारकोड नेपाल र अर्बिटाको औपचारिक सहकार्यपछि अब ग्राहकले कम्पनिले दिने सबै सुविधा सहजै रुपमा पाउन सक्नेछन्।

सन् २००४मा स्थापित अर्बिटाकाको उत्पादन स्थल चीनको शेनजेन प्रान्तको लोहुमा ४६०० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। यसका उत्पादनहरु CE, ISO, RoHS, FCC जस्ता गुणस्तरबाट प्रमाणित छन्।


अर्बिटाले आफुलाई आबश्यक पर्ने प्रबिधी सिमेन्स, डल्लास, अम्टेल, फिलिप्सहरुबाट प्राप्त गर्दछ। हाल बारकोड़ नेपालले होटल कार्ड लकिंग सिस्टम, कार्ड रिडर, मिनी फ्रिजर, मिनी लकरहरुको औपचारिक बिक्रि वितरण तथा प्राबिधिक सहयोगको काम शुरु गरेको छ।
बार कोड नेपालले विश्वका अन्य प्रतिष्ठीत कम्पनिहरुसँग सहकार्य गर्दै नेपालमा गुणस्तरिय सुरक्षा उपकरण लगायतका सामाग्रिको विक्री वितरण गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्