Logo
Logo

कोरोनाबट २३ जनाको मृत्यु, एक हजार ८०१ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार २२३ र एन्टिजेन विधिबाट ५७८ संक्रमित पुष्टि भएको हो ।

उक्त अवधिमा कूल छ हजार ६२८ पीसीआर र तीन हजार एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २० हजार ८७६ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ५५० पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ६६७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ३२ हजार ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्