Logo
Logo

बुढीगण्डकी आयोजनाबाट प्रभावितको माग सम्बोधन गरिने


दृष्टि संवाददाता


काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका जनप्रतिनिधिसहितका स्थानीयले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्दै आयोजना तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग आग्रह गरेका हुन् ।

आइतबार सिंहदरबारमा अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेको भन्दै समस्या समाधान गरिनुपर्नेमा जोड दिए ।

जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा बुझेर उपयुक्त निर्णयमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्