Logo
Logo

जोन्सन एण्ड जोन्सनको खोप आजबाट लगाइँदै, कुन खोप केन्द्र कहाँ ?


दृष्टि संवाददाता


काठमाडौैं । सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइने भएको हो ।

यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागेको बताए ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार सोमबार बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुनेछ । आइतबार विज्ञप्ति जारी गर्दै डा.अधिकारीले सो अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने बताए ।

उनका अनुसार प्रधानमन्त्री देउवाले नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नेछ ।

यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने भएको छ । खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् । खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, कृष्णप्रसाद पौडेलले बताए ।

गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो । मन्त्रालयका अनुसार सबैजसो जिल्लामा खोप पुगिसेको छ । यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्