Logo
Logo

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्