Logo
Logo

सवारी दुर्घटनाबाट सुदूरपश्चिममा १७ छाडा पशु चौपाया मरे


हिक्मत बम


धनगढी । छाडा पशु चौपायाले दुर्घटना बढ्दै गएको छ । पछिल्लो समय सुदूरपश्चिममा मात्र नभई देशभर पशु चौपाया छाडारुपले छोड्ने गरिएको छ । छाडारुपमा छोडिएका पशु चौपायाका कारण सवारी दुर्घटना बढ्दै जानुका साथै दुर्घटनामा परी चौपायाहरु पनि मर्दै गएका छन ।

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी आर्थिक बर्ष २०७७÷०७८ मा १७ पशु चौपाया मरेका छन । सरकारले चौपायाको व्यवस्थापन नगर्दा चौपायाहरु सडक दुर्घटनामा परी मर्दै गइरहेका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार एक वर्षको अवधिमा एक चौपाया घाइते भएको छ ।

पछिल्लो समय सडकमा पशु चौपाया छाड्ने क्रम पुनः बढेपछि पशु चौपाया सवारी दुघृटनामा परी मर्ने क्रम पनि बढेको हो । आर्थिक बर्ष २०७६÷०७७ मा सात पशु चौपाया मरेका थिए भने तीन पशु चौपाया घाइते भएका थिए । बढी जसो सुदूरपश्चिमको तराईका जिल्ला कैलाली–कञ्चनपुरका राजमार्गहरुमा पशु चौपायाको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । छाडारुपमा छोडिएका चौपायाका कारण सवारी दुर्घटना बढ्दै गएसंगै पशु चौपाया पनि मर्दै गएका छन ।

छाडा पशु चौपाया व्यवस्थापनका लागि कैलाली–कञ्चनपुरका स्थानीय तहहरुले लाखौं रकम बजेट विनियोजन गरिएको भएपनि स्थानीय प्रतिनिधिहरुले चौपाया व्यवस्थापनमा ध्यान नदिदा र भएका गौशालाहरुको व्यवस्थापन नगरिदा सवारी पशु चौपायाहरु सवारी दुर्घटनाको शिकास बन्दै गएका छन ।

रातिको समयमा चौपायाहरु बास खोज्दै सडकमा आएर बस्ने गरेका कारण सवारी दुर्घटना बढ्दै गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चौपाया व्यवस्थापनका लागि सरोकारवाला निकायले ध्यान दिने हो र भएका गौशालाहरु पनि व्यवस्थित गरने हो भने सवारी दुर्घटनामा कमी आउने छ ।

सडकमा छाडिएका छाडा पशुचौपायाका कारण सवारी दुर्घटना बढ्दा मानिसहरुले समेत ज्यान गुमाउनु परेको छ । बढी जसो रातिको समयमा सडकमा छाडिएका छाडा पशु चौपायका कारण दुर्घटनाको जोखिम बढेको अत्तरियाका स्थानियहरु बताउँछन । स्थानीयकाअनुसार रातिको समयमा सडकमा लामबन्द रुपले छाडा गाईगोरु सुतेका हुन्छन । र रातिको समयमा गाईगोरु नदेखिने भएकाले सवारी दुर्घटना बढ्दै गएको हो ।

पछिल्लो समय धनगढी, अत्तरिया बजार क्षेत्र, धनगढी-अत्तरिया छ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग छाडा चौपायाहरुको बासस्थान बन्दै गएको छ । छाडारुपमा छोडिएका चौपायाहरुको व्यवस्थापनका लागि गौशाला निर्माण नहुँदा र भएका गौशालाहरु पनि जीर्ण अवस्थाका रहेका कारण चौपायाहरुको बासस्थान सडक क्षेत्र बन्दै गएको हो । चौपाया व्यवस्थापनका लागि कैलाली जिल्लाका स्थानीय तहहरुले वर्षेनी लाखौं रकम बजेट विनियोजन गरेको भएपनि उपलब्धि शुन्य देखिएको छ ।

यदि सरोकारवाला निकायको छाडा चौपाया व्यवस्थापन गर्नतर्फ ध्यान जाने होइन भने सवारी दुर्घटना बढ्दै जानुका साथसाथै खेतीबाली पनि नष्ट हुने किसानहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्