Logo
Logo

अब ३० चैतमा धुर्मुसको ‘मातृभूमी कप’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ ३० चैतमा हुने भएको छ । यसअघि २३ चैत शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले सुचना र्सावजनिक गर्दै खेल ३० चैतमा हुने जानकारी दिएका हुन् । नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भइरहेको छ । मंगलबारदेखि पुनः कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिए ।
प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले ३० चैतका लागि फेरी टिकट खरिद गर्न सकिने बताइएको छ भने ई–सेवामार्फत पनि टिकट खरिद गर्न सकिनेछ । उक्त च्यारिटी खेलका देशका ख्यातीप्राप्त कलाकारहरु मैदानमा उत्रँदैछन् ।

प्रतिक्रिया दिनुहोस्