Logo
Logo

वडाअध्यक्ष ब्राउनसुगरसहित पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । पर्सामा एक वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का cअमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो । ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार थिए ।

प्रहरीले उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्