Logo
Logo

ओलीले दशौँ केन्द्रिय कमिटीको बैठक बोलाए, माधव समूह बेखबर


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले केन्द्रिय कमिटीको दशौँ बैठक बोलाएको छ । यसअघि १२ औँ बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहको माग बमोजिम दशौँ बैठक बोलाएका हुन् ।

बैठक च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा जारी छ । पार्टी एकता कायम गर्ने भन्दै २०७५ जेष्ठ २ गते फर्केको भन्दै यसअघि ओली पक्षले १२ औँ केन्द्रिय कमिटीको बैठक बोलाएका थिए । तर नवौँ बैठकले एमाले-माओवादी एकता गर्ने निर्णय गरेकाले जेष्ठ ३ मा फर्कँदा दशौँ बैठक बस्नुपर्ने भन्दै नेपाल समूहले १२ औँ बैठक अवैधानिक भनेको थियो ।

यसबीचमा केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि पनि एमालेको विवाद झनै बढेपछि बाध्य भएर ओली केन्द्रिय कमिटीको दशौँ बैठकमा फर्किएका हुन् । हिजोमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा एमालेको निर्णय विपरित एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुुर देउवालाई विश्वासको मत दिएका थिए ।

जुन घट्ना क्रमबाट पार्टी विभाजन नजिक पुगेपछि एमालेको विघटित कार्यदल पुनःसक्रिय भई छलफल अगाडि बढेको थियो । कार्यदलको योजना अनुसार ओलीले केन्द्रिय कमिटीको दशौँ बैठक बोलाएको बुझिएको छ ।

नेपाल समूहलाई फकाउन ओली समूहले पछाडी फर्कने निर्णय गरेता पनि एमाले एकता सहज देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्