Logo
Logo

विराट कोहलीविरुद्ध बलिङ गर्न पाउलान् सन्दीपले ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ चैत ।
आइपिएलमा आइतबार दुई खेल छन् । जसमध्ये पहिलो खेलको नेपालीहरुलाई निकै चासो छ । भारतीय कप्तान विराट कोहली आवद्ध रोयल च्यालेन्जर्स बैंगलोर र नेपाली स्पीनर सन्दीप लामिछाने भएको दिल्ली डेयर डेभिल्सबीच पहिलो खेल हुँदैछन् । विश्वका नम्बर १ ब्याट्सम्यान रहेका कोहलीविरुद्ध सन्दीपले बलिङ गर्न पाउँछन् कि पाउँदैनन् भन्ने धेरैको चासो छ ।
पाँच खेल खेलेको बैंगलोर सबै खेलमा पराजित छ । त्यस्तै पाँचै खेल खेलेको दिल्लीले २ मात्र खेल जितेको छ । दुवै टिम आइतबारको खेलमा दबाबमा हुनेछन् । आईपिएलमा तीन खेल खेलका सन्दीपको मध्यम प्रदर्शन छ ।


आइतबारकै दोस्रो खेल राजस्थान रोयल्स र कोलकता नाइटराइडर्सबीच खेल हुने छ।
उता शनिबार मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो। राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावाद १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो। हैदरावादका लागि दिपक हुड्डाले सर्वा्धिक २० रन जोडे। यस्तै जोनी बैयर्सट्रो र मनिष पाण्डेले समान १६ (१६ रन जोड्दा डेभिड वार्नरले १५ रन बनाए। मोहमद नाबी ११ रनमा पेभेलियन फर्किए। हैदरावादलाई सस्तैमा समेट्न अल्जारी साहीम जोसेफले ६ विकेट लिए। कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। मुम्बईका लागि काइरन पोलार्डले अविजित ४६ रन बनाए। यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयाले १४ रन बनाए। कप्तान रोहित शर्मा ११ रनमा आउट भए। जितसंगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्