Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रीमण्डल हेरफेरबारे छलफल हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ चैत ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकमा मन्त्रीमण्डल हेरफेरबारे समेत छलफल हुने सम्भावना रहेको स्रोत बताउँछ ।


केही महिनायता नै मन्त्रीमण्डल हेरफेरबारे छलफल भइरहेको छ । हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि मन्त्रालय नेतृत्वविहिन छ । अन्य केही मन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ ।
उद्योगमन्त्री मात्रिका यादब, महिलामन्त्री थममाया थापा, यातायात मन्त्री रघुबीर महासेठ, खेलकुद मन्त्री जगत विश्वकर्मा लगायत मन्त्रीमण्डलबाट बाहिरिने सम्भावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्